काठमाडौ। वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण विश्वव्यापी चुनौतीका रुपमा सिर्जित संकट समाधानका लागि गम्भीर बन्न विश्व समुदायलाई अपिल गर्नुभएको छ ।
समस्या समाधानका लागि समयमै उचित कदम नचालिए पृथ्वी र मानव अस्तित्व नै संकटमा पर्ने खतरा बढेकोतर्फ उहाँले विश्व समुदायको ध्यानाकर्षण गराउनुभयो ।
संयुक्त राष्ट्रसंघको आयोजनामा अमेरिकाको न्यूयोर्कमा जारी जलवायु कार्यशिखर सम्मेलनको ‘अ कल फर एक्सनः रेजिङ एम्बिसन फर क्लाइमेट एडप्टेशन एण्ड रेजिलियन्स र ‘कम्युनिटी रेजिलियन्स पार्टनरसिप प्रोगाम’ मा सम्बोधन गर्दै मन्त्री बस्नेतले यस्तो अपिल गर्नुभएको हो ।


ADVERTISEMENT


मन्त्री बस्नेतले समस्याको दीर्घकालीन र दिगो समाधानका लागि सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो । जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली मुलुक बढी प्रभावित भएको चर्चा गर्दै उहाँले जलवायु परिवर्तन अनुकूलनका दिगो र प्रभावकारी कार्यक्रम तय गर्नुपर्ने स्पष्ट गर्नुभयो ।


ADVERTISEMENT

# # #


‘जलवायु परिवर्तनले आज संसारभर अकल्पनीय अवस्थाको सिर्जना हुन लागिसकेको छ’, मन्त्री बस्नेतले भन्नुभयो, ‘यसले पृथ्वीको स्थिरता र मानवजातिकै भविष्यमाथि नै खतरा निम्त्याउन सक्छ ।’ उहाँले जलवायु परिवर्तनको असरबाट साना र गरिब मुलुकहरु बढी प्रभावित रहेको तथ्यमाथि विचार गर्न आग्रह गर्नुभयो ।
‘जलवायु परिवर्तनको नकारात्मक प्रभावले आज विश्व नै भयावह संकटमा छ । त्यसमा पनि गरिब र साना मुलुकहरु बढी प्रभावित छन् । मन्त्री बस्नेतले भन्नुभयो, ‘त्यसका लागि अहिले हामीले गर्दै आएका प्रयास मात्र पर्याप्त हुँदैनन् । म यो अवसरमा विश्व नेताहरुलाई साझा प्रयासका लागि एकताबद्ध हुन अपिल गर्दछु ।’
उहाँले लजवायु परिवर्तनमा कम भूमिका भएर पनि त्यसबाट अतिप्रभावित नेपालजस्ता मुलुकको अनुकूलन क्षमता बढाउन आवश्यक स्रोतको व्यवस्था गर्न पनि सम्मेलनमा प्रस्ताव गर्नुभयो । राष्ट्रसंघका सदस्य मुलुकबीच आर्थिक तथा प्राविधिक सहयोगका साथै ज्ञान आदानप्रदान गर्नुपर्ने बताउँदै मन्त्री बस्नेतले नेपालले प्रकृतिमा आधारित समाधानको प्रयासलाई जारी राखेको र २०७६ साललाई राष्ट्रिय वृक्षारोपण वर्षका रुपमा मनाइरहेको बताउनुभयो ।
नेपालले संरक्षणका क्षेत्रमा सामुदायिक वनमार्फत गरेको नमुना कामबाट विश्वले नै सिक्न सक्ने उहाँको भनाइ थियो ।