काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–चीनबीचको सम्बन्ध हिमाल झैं उच्च र अटल रहेको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले काठमाडौंमा आयोजित दुई पार्टीबीचको विचारधारात्मक छलफल कार्यक्रममा दुई मुलुकबीचको सम्बन्धलाई हिम नदीझैं स्वच्छ र अविछिन्न रहेको पनि बताए ।


ADVERTISEMENT


प्रधानमन्त्री ओलीले दुई मुलुकबीचको मित्रता खुला, स्वतन्त्र र अटल रहेको पनि स्पष्ट पारे । दुई मुलुकबीचको मित्रता स्वार्थहरुको लेनदेन भन्दामाथि तथा आपसी सम्मान, शान र सहयोगमा आधारित रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।


ADVERTISEMENT

# # #


‘हाम्रा मित्रता खुला छ, स्वतन्त्र र अटल छ । हामी एक अर्काका सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गर्दछौं,’ प्रधानमन्त्री ओलीको भने, ‘हाम्रो मित्रता स्वार्थहरुको लेनदेनभन्दा धेरै माथि छ । आपसी शान, सम्मान अनि सहयोगमा आधारित छ । हाम्रो दुई देशबीच समस्यारहित सम्बन्ध छ । हामीले हाम्रो मित्रतालाई पारस्परिक लाभ र सहयोगको भावनामा अघि बढाईरहेका छौं ।’

प्रधानमन्त्री ओलीले समयक्रममा दुई देशबीच आई पर्ने समस्याहरुलाई मैत्रीपूर्ण आपसी संवादको माध्यामबाट अघि बढाउने पनि बताए । उनले नेपाल ‘एक चीन नीति’प्रति स्पष्ट र दृढ रहेको पनि बताए ।