काठमाडौँ – ट्राफिक प्रहरी प्रमुख एसएसपी भीम प्रसाद ढकालले चाडपर्वलाई लक्षित गरेर देशैभरि आफूहरुले सोहीअनुसारको विशेष ट्राफिक व्यवस्थापन गरेको बताएका छन् ।


ADVERTISEMENT


सोमबार रिपोटर्स नेपालमा बोल्दै एसएसपी ढकालले भने,‘अहिलेको अवस्था भनेको विशेष अवस्था हो, हामीले सोहीअनुसारको टा«फिक व्यवस्थापन गरेका छौं । सवारी आवागमन धेरै छ, किनमेल गर्न जानेदेखि लिएर अन्य कुराको भीड छ । हामीले पनि त्यहीअनुसारको सुरक्षा व्यवस्था गरिराखेका छौं ।’ यात्रुहरुलाई सजिलो तुल्याउनेगरि आफूहरुले सुरक्षा व्यवस्था अपनाएको उनको भनाई छ ।


ADVERTISEMENT

# # #


उनले यात्रुहरुलाई सहज होस भनेर नै सरोकारवाला निकायसँगको सहकार्यमा बसपार्कहरुमा नागरिकता सहायता कक्ष पनि सञ्चालनमा ल्याईएको सुनाए । जसअन्तर्गत नयाँ बसपार्कमा अहिले १४ वटा कक्ष सञ्चालनमा रहेका छन् । उनले एक दुई दिनभित्र अन्य स्थानमा पनि यस्तै कक्ष सञ्चालनमा आउने विश्वास दिलाए ।

सवारीसाधन दुर्घट्नाको तथ्यांक हेर्दा धेरै दुर्घट्ना चालकको लापरवाहीको कारणले भएको देखिएको सुनाउँदै ढकालले यसतर्फपनि आफूहरुले विशेष ध्यान दिएको सुनाए । उनले भने, ‘यसलाई मध्येनजर गर्दै हामीले लामो दुरीको गाडीमा अनिवार्य रुपमा दुई जना चालक राख्न कडाई गरेका छौं ।’

चाडपर्वको मुखमा दुर्घट्ना हुनु दुःखद् कुरा भएको सुनाउँदै त्यस्तो दुर्घट्ना नहोस भनेर नै विशेष सुरक्षा व्यवस्था अपनाईएको उनको भनाई छ । उनले अहिले ट्राफिक प्रहरीको जनशिक्त १३ सय ६८ जना रहेको सुनाए । यसमध्ये २ हजार १४ जना काठमाडौंमा मात्रै खटिररहेका छन् । ‘‘हिट एण्ड रन’ का घट्नापनि बढेकोले आफूहरुले त्यसको लागि धेरै जनशक्ति थपेको उनले सुनाए ।

ढकालले बसपार्कमा यात्रुहरुलाई सास्ती नहोस् र कोहीपनि यात्रु नठगिउन भन्नको लागि बसपार्कमा खटिने कर्मचारी, यातायात व्यवसायीलाई अनिवार्य पोशाकको व्यवस्था गरेको पनि सुनाए । त्यस्तै, सादा पोशाकमा पनि प्रहरी परिचालित रहेको उनको भनाई छ । जनचेतनाको लागि काठमाडौं बसपार्कबाट छुट्ने गाडीमा अडियो–जिंगल बजाउनको लागि एक हजार गाडीलाई वितरणगरिएको पनि उनले जनाए ।

एसएसपी ढकालले चाडपर्व लक्षित गरेर ५ सय जना युवा स्वयमसेवीहरु हिजोबाट परिचालित भएको बताउँदै विगतभन्दा यसपटक राम्रो भएको अनुभुति जनताले पाईरहेको दाबी गरे ।

ढकालले केही समस्या परे सिधै आफूहरुलाई सम्पर्क गर्नपनि सुझाए । त्यसकोलागि उनले १०३ मा सम्पर्क गर्न आग्रह गरेका छन् । आफूहरु चौविसै घण्टा सेवामा समर्पित रहेको उनको भनाई छ ।