काठमाण्डौ। संविधान दिवसको अवसर पारेर नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँ घटाएको छ । उपभोक्तालाई राहत दिने गरी निगमले मूल्य समायोजन गरेको हो ।


ADVERTISEMENT


यसअघि १ हजार ३ सय ७५ रुपैयाँ प्रतिसिलिण्डर रहेको ग्यासको मूल्य अब १ हजार ३ सय ५० रुपैयाँमा पाइने निगमका प्रवक्ता विरेन्द्र गोइतले बताउनुभयो ।


ADVERTISEMENT

# # #


यसैगरी निगमले अन्तर्राष्टिय उडानतर्फको हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ५० अमेरिकी डलर घटाएको छ । अब अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १ हजार अमेरिकी डलरमा जहाजमा तेल हाल्न पाइने छ ।