काठमाडौँ – कामना सेवा विकास बैंकले संविधान दिवसको अवसरमा आफ्नो केन्द्रीय कार्यालय सहित देशभर रहेका ९९ वटै शाखा कार्यालय मार्फत कामना सेवा सरसफाई अभियान,२०७६ आयोजना गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यस अभियानले सरसफाई र स्वच्छ वातावरणको महत्व र अपरिहार्यता बारे जनचेतना ल्याउने विश्वास बैंकले लिएको छ ।


ADVERTISEMENT


संविधान दिवस २०७६ को अवसरमा बैंकद्धारा ओडी कार्ड सेवाको शुभारम्भ गर्नुका साथै सम्पूर्ण कर्मचारीबीच संविधान दिवस विशेष रङ्गगोली प्रतियोयिता समेत आयोजना गरिएको थियो ।


ADVERTISEMENT

# # #


बैंकले देशका विभिन्न भागहरुमा ९९ वटा शाखा तथा ४५ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।