काठमाडौँ – शुक्रबारबाट फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिज अन्तर्गत यो फिल्म देशभरबाट एकसाथ प्रदर्शनमा आएको हो ।
हिट फिल्म ‘कबड्डी’को दोस्रो सिक्वेलको रुपमा बनेको ‘कबड्डी कबड्डी कबड्डी’ दर्शकमा राम्रो क्रेज भएकाले पनि एकल प्रदर्शन अवसर पाएको हो ।


ADVERTISEMENT


रामबाबु गुरुङको निर्देशन रहेको फिल्मले देशभरका मल्टीप्लेक्स र सिङ्गल थियटर दुबै कब्जा गरेको छ । मल्टीप्लेक्समा यो फिल्मलाई अहिलेसम्मकै सर्वाधिक सोज दिइएको छ ।


ADVERTISEMENT

# # #


बाँसुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको फिल्मको निर्माता मणिराम पोखरेल, अर्जुन कार्की र ओम चन्द्र रौनियार हुन् ।

दयाहाङ राई र उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, माओत्से गुरुङ, विजय बराल, रिश्मा गुरुङ, कमलमणि नेपाल, अरुणा कार्कीलगायतका कलाकारको अभिनय फिल्ममा देख्न सकिन्छ ।