काठमाडौँ – संविधान दिवसका अवसरमा नेपाल टेलिकमले सम्पूर्ण ग्राहकहरुको सुविधालाई ध्यानमा राखी जम्मा एकसय रुपैयाँमा ३ जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


यो डाटा प्याकेज लिएर निरन्तर तीन दिनसम्म प्रतिदिन एक जिबीका दरले जम्मा ३ जिबी डाटा प्रयोग गर्न पाउने सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ।


ADVERTISEMENT

# # #


यो सुविधा असोज १ गतेदेखि १५ गतेसम्म उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । यस योजनामा सहभागी हुनका लागि *1415*3# मा डायल गर्नुपर्छ । यसका साथै घम्ज्ञन् लेखेर १४१५ मा सन्देश पठाएर वा नेपाल टेलिकम एपमार्फत पनि यो सेवा प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।