ललितपुर – सार्वजनिक यातायातमा कलेज पढ्ने युवतीलाई दुर्व्यवहार गरेको आरोप लागेका पूर्वसभासद योगेन्द्र घिसिङ थुनामुक्त भएका छन् ।


ADVERTISEMENT


जिल्ला प्रशासन कार्यालय, ललितपुरले घिसिङलाई ५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि उनलाई थुनामुक्त गरिएको हो ।


ADVERTISEMENT

# # #


ललितपुरका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले घिसिङलाई धरौटीमा राखेर मुद्दा प्रक्रिया अघि बढाउन मंगलबार बाटो खुला गरिदिएका हुन् ।

रत्नपार्कबाट ललितपुरको भैंसेपाटीसम्म जाने बसमा सवार घिसिङले २१ वर्षकी युवतीलाई दुर्व्यवहार गरेको भन्दै अन्य यात्रुले नियन्त्रणमा लिएका थिए । प्रहरीलाई जिम्मा लगाएपछि उनीविरुद्ध अभद्र व्यवहारको कसूरमा मुद्दा चलाइएको थियो ।

सार्वजनिक स्थानमा यौन दुर्व्यवहार हुननसक्ने बताउँदै घिसिङविरुद्ध अभद्र व्यवहारको कसूरमा मुद्दा चलाइएको थियो । जुन कसूर प्रमाणित भए एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने मुलुकी अपराध संहिताले व्यवस्था गरेको छ ।

उनी संविधानसभाको दोस्रो निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट समानुपातिक सभासद् बनेका थिए । तर, घिसिङले स्थानीय तह निर्वाचनमा पार्टीलाई अन्तरघात गरेको भन्दै ललितपुर जिल्ला पार्टीले निस्कासन गरेको थियो ।