झापा । इलामबाट झापा हुँदै बग्ने तेलपानी निन्दा खोलाको दुई वटा पुलको एक्कै पटक उद्घाटन भएको छ ।


ADVERTISEMENT


पूर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता झलनाथ खनालले आज पुलको औपचारिक उद्घाटन गरेका हुन् । तेलपानी खोलाको मदन भण्डारी राजमार्ग अन्तगरगतको २० मिटर लामो पक्की पुल र सोही खोलाको इलामको रोङ गाउँपालिकाको ५ र ६ नम्बर वडालाई जोड्ने झोलुङ्गे पुलको खनालले उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT

# # #


आफ्नो निर्वाचन क्षेत्र इलाम क्षेत्र नम्बर १ र झापाका विभिन्न ठाउँको बाटो र पुलको उद्घाटन तथा शिलन्यास कार्याक्रममा बोल्दै नेता खनालले अब विकासको मुल फुट्ने बताए । उनले कम्यूनिष्ट सरकारको पालामा देशको समग्र विकासको मुलफुट्ने बताए । नेता खानालले आफ्नो निर्वाचन क्षेत्रका सबै खाले विकासका योजनालाई प्रथामिकताका साथ अगाडी बढाउने प्रतिबद्धता समेत व्यक्त गरे ।