वीरगञ्ज : सुर्खेतको वीरेन्द्रनगरस्थित कटकुवामा भएको सामूहिक गौहत्याको विरोधमा सामूहिक कपाल मुण्डन गरिएको छ । गौहत्याको विरोधमा वीरगञ्जको गहवा माई मन्दिरको पार्कमा सामुहिक मुन्डण गरिएको हो ।


ADVERTISEMENT


नेपाल विश्व हिन्दु महासंघद्वारा आयोजित “गौहत्या महापाप निवारण तर्पण यज्ञ” नारा सहित महासंघका पर्सा जिल्ला अध्यक्ष रामअयोध्या प्रसाद महतोको सभापतित्वमा उक्त कार्यक्रम गरिएको हो ।


ADVERTISEMENT

# # #


महासंघका केन्द्रीय सल्लाहकार ज्योती सम्राट पुरुषोत्तम दुबेलेसमेत मुण्डन गराएका छन् । साथसाथै पकहाँमैन्पुर धोरे पर्सा शिव मन्दिरका पुजारी खोबारी भगतले पनि मुण्डन गराए। कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष विजयप्रकाश निषादले गौहत्याको विरोध गर्दै अत्यन्तै निन्दनीय कार्य भएको बताए । हिन्दुको पहिचान गाई रहेकाले गाईको हत्या गर्नु, आमाको हत्या गर्नु सरह हो भने । नेपाल विश्व हिन्दु महासंघका राष्ट्रिय सचिव अविशेक तिवारले तर्पण गरेका थिए ।

कार्यक्रममा प्रदेश न २ को संयोजक बिशाल झा, पर्सा जिल्ला सचिव मनोज शाह,अन्जली सहनी, मयान्क गुप्ता, कृष्ण शृवास्तव लगयतको उपस्थिति रहेको थियो ।

गत भाद्र १३ गते सुर्खेत वीरेन्द्रनगर नगरपालिलका वडा नं. ४, ७ र १४ को सीमा क्षेत्रमा पर्ने कटकुवामा दुई दर्जनभन्दा बढी गाई र बाच्छाहरु मृत भेटिएका थिए । नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाउने भन्दै नेपालगञ्जको काञ्जी हाउसबाट २९१ वटा गाई आठ वटा ट्रकमा राखेर पठाएको र राती नै भीरबाट खसाईको बाहिरिएको थियो ।


मृत गाई फेला परे पछि प्रहरीले ट्रक चालकसहित सात जनालाई पक्राउ गरेको छ ।