काठमाडौं – शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज एन्ड्रोइड वान–पावर्ड फोनको लाईनअपमा विश्वकै उच्चतम रिजोलुसन क्यामेरा सेटअप भएको नयाँ स्मार्टफोन एमआई ए–३ सार्वजनिक गरेको छ । कम्पनीले अघिल्लो एमआई ए २को सफलतापछि एमआई ए३ सार्वजनिक गरेको हो ।


ADVERTISEMENT


एमआई ए३मा एमआई ए सिरिजको भन्दा डिजाइनमा केहि परिवर्तन गरिएको छ । एमआई ए २ को कार्यात्मक पक्षलाई कायम राखेर एमआई एक ३ मा नयाँ डिजाइन समावेश गरिएको कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


फोनमा क्वालकम स्न्यापड्रेगन ६६५ चिपसेट, एमोलिड सुपर डिसप्ले, ४०४० एमएएचको ब्याट्री, ४८ मेगापिक्सेल ट्रिपल क्यामेरा र ३२ एमपीको फ्रन्ट क्यामेरा र इन–स्क्रिन फिङगरप्रिन्ट स्क्यानर जस्ता विशेषताहरु रहेका छन् । यसको सुरुवाती मूल्य २३,९९९ रहेको कम्पनीले जनाएको छ । यस्तै फोनमा सोनीको द्धडःए क्ष्ःह्छडट सेन्सर, ८ एमपी अल्ट्रा वाइड र २ एमपी डेप्थ् सेन्सर जस्ता विशेषताहरु रहेको छ, जसले क्यामेराको गुणस्तर कायम राख्न मदत गर्नेछ ।

४ जीबी प्लस ६४ जीबी भेरियन्ट रु २३९९९ मा र ६ जीबी प्लस १२८ जीबी भेरियन्ट रु २७९९९का किन्न सकिने कम्पनीले जनाएके छ ।

फोन सार्वजनिक कार्यक्रममा शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले फोनको बारेमा जानकारी दिँदै यसले नेपाली उपभोक्तालाई अद्भूत अनुभव प्रदान गर्ने बताए । यस्तै जोन गोल्ड, गुगल, पार्टनर प्रोग्रामका निर्देशकले फोनमा जडित बिल्ट–इन मालवयर प्रोटेक्सन र नियमित सुरक्षा अप्डेटले प्रयोगकर्ताहरुलाई सुरक्षित राख्ने बताए ।