काठमाडौँ – श्रीलंकामा जारी एसीसी यू-१९ एशिया कपमा नेपालले युएइलाई २८६ रनको चुनौति दिएको छ । प्रतियोगिताको अन्तिम खेल खेलिरहेको नेपालले युएईलाई विशाल लक्ष्य लिएको हो ।


ADVERTISEMENT


टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतीमा २८५ रन बनाएको हो । नेपालको सुरुवात राम्रो हुन सकेन । पहिलो ८ रन जाड्दा रित गौत र पवन सर्राफलाई गुमाएको नेपालका लागि आशिफ शेख र कप्तान रोहित कुमार पौडेलले उकासे । उनीहरुले तेस्रो विकेटका लागि ७१ रनको साझेदारी गरे । त्यसक्रममा आशिफले ५४ बलमा ८ चौकासहित ४५ रन जोडे ।


ADVERTISEMENT

# # #


त्यसपछि रोहितले सन्दीप जोरासंग मिलेर अर्को ८५ रनको साझेदारी गरेपनि नेपाल राम्रो स्कोरतर्फ लम्किएको थियो । रोहितले आउट हुनुअघि ८३ बलमा ८ चौका र एक छक्काको मदतमा ६७ रन हाने । यस्तै सन्दीपले ५३ बलमा ६ चौकासहित ४८ रन बनाए ।

रोहितलाई चौथो र सन्दीपलाई छैर्टौँ विकेटका रुपमा गुमाउँदा नेपालको स्कोर ३६.१ ओभरमा १८१ ६ रहेको थियो । भीम सार्की एक रनमा आउट भए । त्यसपछि आएका मल्लले २१ बलमा २२ रन हाने । त्यसक्रममा उनले २ छक्का र एक चौका प्रहार गरे ।

त्यसपछि आएका राशिद खान र कमलसिंह ऐरीले नेपाललाई विशाल स्कोरतर्फ पुर्याउन आक्रमक साझेदारी गरे । उनीहरुले ४९ बलमा ७० रन बनाए । त्यसक्रममा राशिद खानले ४६ बलमा पाच चौक र एक छक्कासहित ४४ रन बनाए । यस्तै कमलसिंह ऐरीले २५ बलमा नै ४१ रन बनाउँदा ५ चौका र २ छक्का ठोके ।

सागर ढकाल २ रनमा नटआउट रहे । युएईका लागि मोहम्मद आकाश ताहिर र सन्चित शर्माले समान ३-३ विकेट लिए । यस्तै कार्तिक पलानिप्पनले २ विकेट लिँदा रिसभ मुखर्जीले १ विकेट आफ्नो नाममा लेखाए ।

दुबैटिम एशिया कपबाट बाहिरिसकेकाले यो खेल प्रतिष्ठाको लडाईं हुनेछ । यसअघि विश्वकप छनोटमा नेपाल युएईसंग हारेकाले उसका लागि बदला लिने उपयुक्त अवसर रहेको छ ।