काठमाडौँ – एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिता आज (बिहीबार) देखि श्रीलंकामा सुरु हुँदैछ । भदौ २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा भारत र कुवेत तथा अर्को खेलमा अफगानिस्तान र पाकिस्तान खेल्दैछन् ।


ADVERTISEMENT


नेपालले पहिलो खेल शुक्रबार आयोजक श्रीलंकासँग खेल्नेछ । प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा आयोजक श्रीलंका, बंगलादेश र युएई रहेका छन् । नेपालले समूह चरणको दोस्रो खेल भदौ २२ गते बंगलादेश र अर्को खेल युएईसँग भदौ २४ गते खेल्नेछ ।


ADVERTISEMENT

# # #


राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत रहेका छन् । नेपाल अघिल्लो संस्करणमा सेमिफाइनलमा पुगेको थियो । विनोद दासको प्रशिक्षणमा रहेको यू–१९ नेपाली टोलीको कप्तानमा रोहितकुमार पौडेल छन् ।

टोलीका अन्य खेलाडीहरुमा रीत गौतम, पवन सर्राफ, आसिफ शेख, सन्दीप जोरा, भीम सार्की, हरिबहादुर चौहान, कुशल मल्ल, राशिद खान, कमल सिंह ऐरी, सागर ढकाल, खडक बोहरा, सुर्य तामाङ, लोकेश बम र प्रतिस जिसी रहेका छन् ।

ब्याटिङ कन्सल्टेन्टमा अपुर्भ देसाई, ब्यवस्थापकमा राजु खड्का, फिजियोमा बिक्रम न्यौपाने र फिटनेस ट्रेनरमा सुवास पात्रो रहेका छन् ।