काठमाडौं – लुक्लाबाट काठमाडौंका लागि उडेको सीता एयरको जहाज दुर्घटनाबाट बचेको छ ।


ADVERTISEMENT


बुधबार बिहान लुक्लाबाट उडेको ९ एन–एजेएच जहाजको एक इन्जिन आकासमै फेल भएको थियो । तर चालकले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराउन सफल भएको कम्पनीले जनाएको छ ।


ADVERTISEMENT

# # #


बिहान करीब पौने ९ बजे जहाजले आकस्मिक अवतरण गरेको हो ।

कम्पनीकाअनुसार जहाजमा यात्रु भने थिएनन् । सीता एयरका वरिष्ठ महाप्रबन्धक घनश्याम आचार्यले चालक दलका सदस्य र जहाज सुरक्षित रहेको ट्विटमार्फत जानकारी गराएका छन् ।


ADVERTISEMENT

#
#


नेपाल नागरिक उड्डयन प्राधिकरणसँगको समन्वयमा सबै जहाजको इन्जिन परीक्षण हुने र त्यसपछि आगामी उडान निश्चित गरिने छ।

प्रतिकृया

प्रतिकृया