काठमाडौँ – प्रभु बैँकले बानेश्वर शाखाको स्थानान्तरण गरेको छ । बैँकले काठमाण्डौ महानगरपालिका वडा नं. १०, मध्य–बानेश्वर अवस्थित शाखा कार्यालय वडा नं. ३१, नयाँ बानेश्वरमा स्थानान्तरण गरेको हो ।


ADVERTISEMENT


उक्त स्थानान्तरण गरिएको शाखाको उद्घाटन नागरिक लगानी कोषका कार्यकारी निर्देशक रमण नेपालले आज एक समारोहकाबीच गरेका छन् ।


ADVERTISEMENT

# # #


नयाँ बानेश्वरमा सञ्चालनमा आएको बैंकको नयाँ बानेश्वर शाखा कार्यालयबाट यस क्षेत्रका संघ संस्था, सर्वसाधारणहरु, उद्योगी, व्यापारी तथा व्यवसायीहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।