काठमाडौँ – विश्व विद्यालयलगायत शैक्षिक संस्थामा राजनीतिक भागबण्डाका आधारमा नियुक्ति बन्द गर्न माग गर्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ ।


ADVERTISEMENT


निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीको संयोजकत्वमा नेविसंघले आइतबार राजधानीको माइतीघरदेखि बानेश्वरसम्म र्यालीसहित खबरदारी सभा गरेको हो । र्‍यालीमा सहभागीहरुले शैक्षिक क्षेत्रमा लगानी वृद्धि गरिनुपर्ने, राजनीतिक हस्तक्षेप बन्द गरिनुपर्ने नारा लेरिएका ब्यानर र प्लेकार्ड बोकेका थिए ।


ADVERTISEMENT

# # #


सभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य त्रिपाठीले नैतिकता, ज्ञान सिक्ने विश्वविद्यालय नै अनियमितताको अखडा बनाएको भन्दै दलिय भागबन्डा नरोकिए नेविसंघ कडा संघर्षमा उत्रने चेतावनी दिए। उनले विश्वविद्यालयको नेतृत्वमा विशुद्ध शैक्षिक र प्राज्ञिक व्यक्तित्वहरुलाई ल्याइनुपर्ने बताए ।

यस्तै नेविसंघ पूर्वमहामन्त्री कुन्दन काफ्लेले संघमा तत्काल नयाँ नेतृत्व आउनु पर्नेमा जोड दिँदै त्यसमा सबै पक्षको सम्मानजनक सहभागिता हुनुपर्ने बताए । सभामा अन्य नेविसंघ नेताहरुले पनि सम्बोधन गरेका थिए ।