सुर्खेत – सुर्खेत वीरेन्द्रनगरको उत्तरी जलाधार क्षेत्र र सुव्वाकुना क्षेत्रमा गरी दुई दर्जन मृत गाई फेला परे पछि प्रहरीले अनुसन्धानका लागि सात जनालाई पक्राउ गरेको छ । साथै प्रहरीले दुईवटा ट्रक नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


नेपालगञ्ज उपमहानगरपालिकाले दैलेख पठाउने भन्दै नेपालगञ्जको काञ्जी हाउसबाट २९१ वटा गाई आठ वटा ट्रकमा राखेर ल्याएकोमा बिहीबार राती वीरेन्द्रनगर प्रवेशद्वारा मानिने सुव्वाकुना र कटकुवाको भीरबाट खसालिएको बताइन्छ । वीरेन्द्रनगर नगरपालिका वडा नं. ४, ७ र १४ को सीमा क्षेत्रमा पर्ने कटकुवामा १६ वटा र सुव्वाकुनामा आठ वटा गाई मृत फेला परेका हुन् ।


ADVERTISEMENT

# # #


कटकुवा भीरमा खसालिएका मध्ये १६ वटा गाई मरेका छन् भने दुई दर्जन बढी घाइते भएका छन् । अन्य गाई बेवारिसे अवस्थामा छन् । यस्तै सुव्वा कुनामा पनि आठ वटा गाई मृत अवस्थामा भेटिएका छन् । त्यहाँ तीन वटा गाई घाइते अवस्थामा रहेको बताइन्छ ।

विहीबार राती आठ वटा ट्रकबाट ल्याएर सो क्षेत्रमा गाई भीरबाट खसालेको आरोप स्थानीयले लगाएका छन् । राती नै गाई खलासेर नेपालगन्ज फिर्ता हुन लागेका पाँच वटा ट्रक र सात जनालाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

सो क्षेत्रमा दर्जनौं गाई बेवारिसेसमेत छोडेको स्थानीय बताउँछन् । कानमा वीमा कम्पनीको ट्याग लगाइएका ती गाई कसले किन त्यहाँ ल्याएर फाल्यो भन्ने एकीन भइसकेको छैन । यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ ।