काठमाडौं । विज्ञापन नियमनसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट बिहीबार पारित भएको छ । राष्ट्रियसभाबाट पारित भएको यो विधेयकलाई प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो ।


ADVERTISEMENT


विधेयकले विदेशी टेलिभिजन च्यानलहरु विज्ञापनरहित प्रशारण गर्नुपर्ने व्यवस्था गरेको छ । हाल विज्ञापनसहित प्रशारण भइरहेका विदेशी टेलिभिजन भने एक बर्षभित्र क्लिन फिडमा जानुपर्नेछ ।


ADVERTISEMENT

# # #


क्लिन फिडसम्बन्धी नियम नेपालमा पहिलो पटक अभ्यासमा आउन लागेको हो । क्लिन फिड लागू भएपछि नेपालमा प्रशारण हुने टेलिभिजनमा विदेशी भाषाको विज्ञापन प्रशारण हुने छैन । त्यसले नेपाली विज्ञापन बजार विस्तार हुने विज्ञापन व्यवसायीहरु बताउँछन् ।

अब विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि लागू हुनेछ ।