काठमाडौँ – प्रभु बैंकले गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं. १०, छेपेटारमा आजदेखि बैंकको छेपेटार शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पाण्डेले उद्घाटन गरेका हुन् ।


ADVERTISEMENT


शाखा कार्यालय उद्घाटन कार्यक्रममा नगरप्रमुख पाण्डेले उद्घाटन मन्तव्य राख्ने क्रममा प्रभु बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गरेकोमा खुशी प्रकट गर्दै छेपेटार शाखा कार्यालयबाट त्यस क्षेत्रका जनता बैँकिङ्ग पहुँचमा आउने भन्दै खुसी व्यक्त गरे ।


ADVERTISEMENT

# # #


छेपेटार शाखा कार्यालय समुदघाटन कार्यक्रममा गोरखा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधीहरु लगायतको उपस्थिति रहेको छ ।