काठमाडौं – आगामी हप्तादेखि सुरु हुने यू–१९ एशिया कपका लागि श्रीलंका पुगेको नेपाली यू–१९ क्रिकेट टिमले पहिलो अभ्यास खेलमा हार ब्यहारेको छ । नेपालले श्रीलंकाको एसएससी यू–२३ क्लबसंग तीन विकेटले पराजित भएको हो । एसएससीका लागि अभिस्क र इशानले अर्धशतक बनाए ।


ADVERTISEMENT


नेपालका लागि पवन सर्राफले ३ विकेट लिए भने कमलसिंह ऐरीका नाममा २ विकेट रह्यो । सागर ढकाल र सूर्य तामाङले समान १/१ विकेल लिए ।


ADVERTISEMENT

# # #


वर्षाका कारण ४२ ओभरमा घटाइएको खेलमा टस हारेर ब्याटिङ थालेको नेपालले ४२ ओभर खेलेर ७ विकेट गुमाउँदै २४० रन बनायो । २४१ रनको चुनौति पच्छ्याउँदै मैदान उत्रिएको एसएससीले ४२ ओभरमा ७ विकेट गुमाएर अन्तिम बलमा जित हात पारेको हो ।

यसअघि आशिफ शेखले शानदार पारी खेलेपछि नेपालले राम्रो योगफल तयार पारेको थियो । नेपालका लागि रित गौतम र पवन सर्राफले पहिलो विकेटका लागि १३ ओभरमा ५२ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । तर, मध्येक्रममा कप्तान रोहित कुमार पौडल, लोकेश बमले सस्तैमा आउट भएपछि नेपाल दबाबमा आएको थियो ।

कुनैबेला २२ ओभरमा ९६ रन बनाउँदा ४ विकेट गुमाएको नेपालले आशिफ र सन्दीप जोराको अर्धशतकीय साझेदारी गरेपछि विशाल योगफमा पुगेको हो । नेपालका लागि आसिफ शेखले ८८ रनको योगदान दिए । यस्तै सन्दीप जोरा ३३, रित गौतम ३१, पवन सर्राफ ३० रनमा आउट भए । कप्तान रोहित पौडेल ८, लोकेश बम १ रनमा पेवेलियन फर्किँदा कुशल मल्ल्ले १० रन बनाए ।

यस्तै हरि चौहान र भीम सार्की क्रमशः १८ र १५ रनमा नट आउट रहे । नेपालले अर्को अभ्यास खेल बिहीबार खेल्नेछ ।

एसीसी यू-१९ एसिया कप क्रिकेट भदौ १९ देखि २८ गतेबाट हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा भने नेपालले आयोजक श्रीलंकासँग खेल्नेछ । समूह ुबीु मा रहेको नेपालले श्रीलंकासँग भदौ २० गते खेल्नेछ ।

यस्तै दोस्रो खेलमा नेपालले भदौ २२ गते बंगलादेश र अन्तिम खेलमा भदौ २४ गते युएईसँग खेल्नेछ ।