काठमाडौँ – पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दरुत्साहनको मुद्दा खेपिरहेका न्यू-२४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेले यस विषयमा बोल्न नपाउने भएका छन् ।


ADVERTISEMENT


सोमबार जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या दुरुत्साहन गरेको कसूरमा ५ लाख धरौटीमा रिहा गर्न प्रारम्भिक आदेश दिएको थियो । रिहा भएपछि लामिछानेले यस मुद्दाका विषय बोल्न नपाईने अदालतले आदेश दिएको छ । उनले आफ्ना कार्यक्रम ‘सिधा कुरा जनतासंग’ कार्यक्रममा पनि उक्त कुरा बोल्न नपाउने भएका छन् ।


ADVERTISEMENT

# # #


लामिछानेलाई आजै चितवन जिल्ला अदालतले ५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थिए । अदालतले रवि लामिछानेसहित घटनाका आरोपित पत्रकार युवराज कँडेल र अस्मिता कार्की भन्ने रुकु काकीलाई पनि रिहा गर्न आदेश दिएको छ ।

माउन्टेन टेलिभिजनका पत्रकार पुडासैनी यही साउन २० गते चितवनको नारायणगढस्थित होटल कङ्गारुको कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । घटना हुनुअघि उनले पत्रकार रवी लामिछाने, उनका सहकर्मी युवराज कँडेल र अस्मिता कार्कीको नाम लिएर आफूलाई यो अवस्थामा पुर्‍याउन बाध्य बनाएको भन्दै रेकर्ड गरिएको भिडियो फेला परेको थियो ।