काठमाडौँ – पहिलो पटक नेपालमा भिडियो कन्फ्रेन्समार्फत मन्त्रीपरिषद् बैठक बसेको छ । प्रधानमन्त्री ओली उपचारका लागि सिंगापुर गएपछि भिडियोमार्फत नै सोमबा मन्त्रीपरिषद् बैठक बसेको हो ।


ADVERTISEMENT


सरकारको कार्यसम्पादन नियमावली २०६४ लाई संशोधन गरेर प्रधानमन्त्री स्वदेश वा विदेशमा रहेको बेला भिडियो कन्फ्रेन्सलगायतका प्रविधि प्रयोग गरेर मन्त्रिपरिषद् बैठक बस्न सक्ने व्यवस्था भर्खरै गरिएको थियो ।


ADVERTISEMENT

# # #


गत बिहीबार मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री ओली सिंगापुर रहँदा पनि मन्त्रिपरिषद् बैठक बस्ने जानकारी दिएका थिए ।

तस्बिर : प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालको ट्वीटरबाट