काठमाडौँ – पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन अभियोगमा न्यायिक हिरासमा रहेको न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई रिहाई गर्नुपर्ने माग गर्दै गरिएको प्रदर्शन उग्रबन्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले निषधाज्ञा जारी गरेको छ ।


ADVERTISEMENT


जिप्रका चितवनले आइतबार एक सूचना जारी गर्दै चितवनका विभिन्न ठाउँमा अनिश्चित कालका लागि निषेधाज्ञा जारी गरेको हो । हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले ५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन नपाइने पनि भनिएको छ ।
आइतबार थुनछेक बहस हुने अनुमानमा चितवन आएका सयौं समर्थकसँग प्रहरीको घम्साघम्सी पनि परेको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरले अश्रुग्यास नै प्रहार गर्नुपरेको थियो ।


ADVERTISEMENT

# # #


रवि लामिछाने र युवराज कँडेलको बयान आज

टेलिभिजन प्रस्तोता रवि लामिछाने र पत्रकार युवराज कँडेलको बयान आज हुँदैछ । जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेसहित ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका युवराज कँडेल र अस्मिता कार्की (रूकु) लाई दुरूत्साहनको अभियोगमा आइतबार जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेको थियो।

आइतबार अस्मिता कार्कीको बयान सकिएको थियो । आज लामिछाने र कँडेलको जिल्ला अदालत चितवनमा बयान भइरहेको छ ।