एजेन्सी – अन्तरिक्षका बारेमा केही खास कुराहरु बाहिरिरहेका छन् । यसैबीचमा एउटा सूचना बाहिरिएको छ, जुन सुन्दा अनौठो लाग्नसक्छ ।


ADVERTISEMENT


यदि कसैले अन्तरिक्षमा कुनै किसिमको अपराध गर्यो भने त्यसलाई कस्तो खालको कारबाही होला ? के उक्त अपराध गर्नेलाई दण्ड दिनको लागि पृथ्वीकै नियम लागू होला ? यदि तपाई पृथ्वी छाडेर अन्तरिक्षमा जानुहुन्छ र त्यहाँ गएर अपराध ठहरिने काम गर्नु भयो भने तपाईले पृथ्वीकै नियम अनुसार कारबाही भोग्नुपर्ने हुन्छ ।


ADVERTISEMENT

# # #


अमेरिकी वैज्ञानिक संस्था राष्ट्रिय हवाई यातायात तथा अन्तरिक्ष प्रशासन (नासा) ले एक यस्तो आपराधिक मुद्दाको अनुसन्धान गर्दैछ, जुन पृथ्वीमा होइन अन्तरिक्षमा भएको बताइएको छ ।

एक अन्तरिक्ष यात्रीमाथि आरोप छ कि उनले अन्तरिक्षमा रहँदा दुलहीको बैँक खाताका बारेमा सूचना लिने प्रयास गरेका थिए । यदि उक्त आरोप साबित भयो भने त्यो अन्तरिक्षमा भएको पहिलो अपराध ठहरिनेछ । न्यूयोर्क टाइम्सको एउटा रिपोर्टका अनुसार अन्तरिक्ष यात्री एन म्याक्लेनले इन्टरनेशनल स्पेस स्टेशनबाट आफ्नी पूर्व दुलहीको बैँक खाता जाँच गरेको स्वीकार गरेका छन् । तर, उनी आफूले कुनै गलत नगरेको बताइरहेका छन् ।

उनकी पूर्व दुलही समर वर्डनले फेडरल ट्रेड कमिशनमा एनविरुद्ध उजुरी दर्ता गरेकी छन् ।

अन्तरिक्षमा भएका अपराध कसरी कानुनले काम गर्छ ?

इन्टरनेशनल स्पेस सेँटर पाँच राष्टिय तथा अन्तरर्राष्ट्रिय स्पेस एजेन्सिको संयुक्त संस्था हो । जसमा अमेरिका, क्यानडा, जापान, रूस र केही यूरोपीय देश सामेल रहेका छन् ।

जहाँसम्म कानुनको कुरा गर्दा यदि कोही अन्तरिक्षमा छ भने उसमाथि पृथ्वीकै निणम लागू हुन्छ । तर व्यक्तिपच्छिे कानुन फरक हुनसक्छ । यदि कोही क्यानडाको मान्छे हो र उसले अन्तरिक्षमा अपराध गरेको छ भने उसले क्यानडामा रहेका राष्ट्रिय नियमहरु लागू हुन्छन् । यदि कोही रुसको छ भने उसलाई तिनै नियम लागू हुन्छन्, जुन रुसी जनतालाई लागू हुन्छन् ।