काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरको नेसलन युनिर्भसिटी हस्पिटलमा उपचार सुरु भएको छ । प्रधानमन्त्री ओलीको शुक्रबारदेखि प्लाज्मा फेरेसिस प्रकृया सुरु गरिएको उनका निजी चिकित्सक प्रा. डा.दिब्या सिंहलाई उद्धृत गर्दै प्रमुख सल्लाहकार विष्णु रिमालले जनाएका छन्।


ADVERTISEMENT


मिर्गौलाको क्षमता अभिवृद्धिका लागि उक्त उपचार थालिएको हो । डा. शाहका अनुसार प्लाज्मा फेरेसिस प्रक्रियामार्फत प्रधानमन्त्री ओलीको उपचार थालिएको हो । अरू केहीपटक प्लाज्मा फेरेसिस गर्नुपर्ने बताए पनि उनले कतिपटक यस्तो गर्नुपर्छ भन्नेबारे केही खुलाइनन् ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीको अवस्था सामान्य रहेको प्रमुख सल्लाहकार रिमालले बताएका छन् । प्रधानमन्त्री ओली मिर्गौलाको विरामी हुन् । उनले १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका थिए ।

प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार रिमाल, निजी चिकित्सक सिंह, स्वकीय सचिव राजेश बज्राचार्यसहितलाई लिएर उपचारका लागि सिंगापुरमा छन्।