काठमाडौैँ – सेप्टेम्बर पहिलो सातादेखि श्रीलंकामा हुने एशियन क्रिकेट काउन्सिल (एसीसी) यू १९ क्रिकेट प्रतियोगिताका लागि नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ । नेपाली टिमलाई शनिबार राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनाले विदाई गरेका हुन् ।


ADVERTISEMENT


प्रतियोगिताका लागि रोहित कुमार पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोली श्रीलंका प्रस्थान गरेको हो । प्रतियोगितामा नेपाल समूह बी मा परेको छ । जहाँ आयोजक श्रीलंकासंगै बङ्गलादेश र युएई रहेका छन् । नेपालले आफ्नो पहिलो खेल साउन २० गते आयोजक श्रीलंकासँग खेल्नेछ । यस्तै दोस्रो खेल बङ्गलादेशसँग साउन २२ गते र अन्तिम खेल युएइसँग साउन २४ गते खेल्नेछ ।


ADVERTISEMENT

# # #


प्रतियोगिता सुरु हुनुअघि नेपाली टिमले श्रीलंकामा त्यहाँको क्लबसंग केही अभ्यास खेल खेल्नेछ । यसअघि पाकिस्तान र अफगानिस्तानको यू १९ टिमसंग अभ्यास खेल खेल्ने नेपालको प्रस्तावलाई एसीसीले अस्वीकार गरेको थियो ।

नेपाली टिममा कप्तान रोहितका साथै पवन सर्राफ, सन्दिप जोरा, भीम सार्की, आशिफ शेख, कमलसिंह ऐरी, राशिद खान, रित गौतम, हरिबहादुर चौहान र खडक बोहरा रहेका छन् । यस्तै कुशल मल्ल, सागर ढकाल, प्रतिश जिसी र लोकेश बमले पसनि टिममा स्थान बनाएका छन् ।

आशिफ शेख, सन्दिप जोरा र सुर्य तामाङले टिममा पुनरागमन गरेसंगै नेपाली टिम बलियो बनेको प्रशिक्षक दासले बताए । उनले प्रतियोगितामा टेष्ट राष्ट्रलाई हराउँदै सेमिफाइनल सम्म पुग्ने टिमको लक्ष्य रहेको बताए ।

यस्तै कप्तान रोहितले समय कम भए पनि तयारी राम्रै भएले प्रतियोगितामा राम्रो गर्ने विश्वास व्यक्त गरे । उनले पनि सबैले राम्रो प्रदर्शन गर्ने हो भने टेष्ट राष्ट्रलाई हराउने क्षमता नेपाली टिममा रहेको बताए ।