काठमाडौँ – मलेसियन सुपर लिग च्याम्पियन जोहार डारुल टाजिम एफसीसँग हुने मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टिमको विदाई भएको छ । शुक्रबार अपरान्ह नेपाली टोलीलाई एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पालगायत एन्फा पदाधिकारीले विदाई गरेका  हुन् ।


ADVERTISEMENT


पालले डारुल टाजिम एफसीसँग भदौ ९ गते मैत्रीपूर्ण खेल खेल्दैछ । खेल डारुल टाजिमको मैदानमा हुनेछ ।


ADVERTISEMENT

# # #


नेपाली टोलीका कप्तान बिराज महर्जन, किरण चेम्जोङ र रोहित चन्दले टिममा स्थान बनाएका छैनन् । टिममा गोलकिपरमा विकेश कुथु, एलन न्यौपाने र विशाल श्रेष्ठ रहेका छन् । यस्तै डिफेन्डरमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र सुबेदी, रजिन धिमाल र सुमन अर्याल रहेका छन् ।

यस्तै मिडफिल्डरमा सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र विशाल राई रहेको छन् भने स्ट्राइकरमा विमल घर्तिमगर, विमल राना, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन् ।