काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)को एक दिवसीय वरियतामा नेपाल एक स्थान तल झरेको छ । बिहीबार सार्वजनिक नयाँ वरियतामा नेपाल १५ स्थानबाट झरेर १६ औँ स्थानमा पुगेको हो ।


ADVERTISEMENT


नेपाललाई ओमानले पछि पारेको छ । भर्खरै मात्र स्कटल्याण्डमा भएको ओडीआई लिग २ मा ४ खेलमा ३ जित हात पारेपछि ओमान १५ औँ स्थानमा पुगेको हो । नेपालले ८ खेलमा १५२ अंकका साथ १९ रेटिङ पाएको छ । यता ओमानले समान ८ खेलमा १७४ अंकका साथ २२ रेटिङ पाएको छ ।


ADVERTISEMENT

# # #


आइसीसीको नयाँ वरियतामा इंग्ल्याण्ड शीर्ष स्थानमा रहेको छ । यस्तै भारत दोस्रो, न्यूजिल्याण्ड तेस्रो र अष्ट्रेलिया चौथो स्थानमा रहेको छ । यस्तै नेपालपछि युएई १७औँ र पपुवा न्यू गिनी १८ औँ स्थानमा छन् ।