काठमाडौँ – अफ्रिकी मुलुक आइभोरीकोस्टबाट एक किलो छ सय ग्राम लागूऔषध कोकिन बोकेर काठमाडौँ आउँदै गरेका ३५ वर्षीय मार्सेल गुली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाट पक्राउ परेका छन् ।


ADVERTISEMENT


नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्यूरोको अनुसार, अभियुक्त गुली कोकिन बोकेर हवाई सेवा मार्फत आइभोरीकोस्टबाट नाइजेरियाको लागोस, लागोसबाट कतारको दोहा विमानस्थल हुँदै काठमाडौँ आइपुगेका हुन् ।


ADVERTISEMENT

# # #


एक व्यक्ति भारतका लागि कोकिन बोकेर नेपालको बाटो हुँदै आएको विशेष सुराकीका आधारमा प्रहरीले एक्स–रे मेसिनको जाँच सकिए लगत्तै गुलीलाई पक्राउ गरेको ब्यूरो प्रहरी प्रमुख दिनेश अमात्यले जानकारी दिए ।

ब्यूरो प्रहरीका अनुसार, बरामद कोकिनको अन्तर्राष्ट्रिय बजार मूल्य चार करोड ८० लाख रुपियाँभन्दा बढी रहेको छ । अभियुक्त गुली आइभोरीकोस्टका नागरिक हुन् । काठमाडौँस्थित होटल सोल्टीमा बस्ने गरी गुली आएको हुन् ।