काठमाडौँ – भारतीय विदेशमन्त्री एस जयशंकर दुई दिने नेपाल भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन बुधबार नेपाल आएका उनी बिहीबार अपरान्ह स्वदेश फर्किएका हुन् ।


ADVERTISEMENT


उनलाई नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पूरीलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गरेको थिए । यसअघि जयशंकरले प्रधानमन्त्री, राष्ट्रपति लगायतलाई भेटेका थिए । उनले आजै पशुपतिमा पनि पूजा आरधना गरेका थिए ।


ADVERTISEMENT

# # #


उनले बुधबार र बिहीबार भएको नेपाल भारत संयुक्त आयोगको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसंग बैठकको अध्यक्षता गरेका थिए । बैठकमा द्वीपक्षीय सम्बन्धनका साथै आर्थिक, व्यापार तथा पारवहन, उर्जा, जल, शिक्षा लगायतका क्षेत्रमा सहकार्यबारे छलफल भएको थियो ।