काठमाडौं – त्रिभुवन विश्वविद्यालय लगायतका अन्य विश्वविद्यालयमा उपकुलपति पदमा कार्यवहाक तोकिएको छ ।


ADVERTISEMENT


त्रिभुवन विश्वविद्यालयका हालका उपकुलपति प्रा.डा.तीर्थ खनियाँको कार्यकाल शनिवारबाट रिक्त हुने भएकाले सो पदमा प्रा.डा. सुधा त्रिपाठीलाई कार्यवहाक दिइएको छ ।


ADVERTISEMENT

# # #


त्यसै गरी नेपाल संस्कृत विश्वविद्यालयका कार्यवहाक उपकुलपतिमा रमेश ढकाल, कृषि तथा वन विश्वविद्यालयको उपकुलपतिमा शरदा थपलीया र पूर्वाञ्चल विश्वविद्यालयमा बिजुकुमार थपलीयलाई कार्यवहाक तोकिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीका स्वकीय सचिव पुरन केसीले जानकारी दिए ।

त्यस्तै त्रिविको उपकुलपतिको नाम सिफारिसका लागि गठन गठित समितिको अवधि आगामी २० गतेसम्मका लागि थप गरिएको छ । अन्य विश्वविद्यालयहरूमा उपकुलपति छनौटका लागि पनि समिति गठन गरिएको छ ।