काठमाडौँ – भारतीय विदेशमन्त्री एस जयशंकरले राष्ट्रपति विद्या भण्डारीसंग भेटवार्ता गरेका छन् । बिहीबार बिहान उनले राष्ट्रपति कार्यालय शितल निवास पुगेर राष्ट्रपति शिष्टाचार भेट गरेका हुन् ।


ADVERTISEMENT


जय शंकर नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीसहितको टोली लिएर शीतलनिवास पुगेका थिए । भेटमा भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यलगायतको उपस्थिपत रहेको थियो । भेटमा द्विपक्षीय हितलगायत विषयमा छलफल भएको शीतल निवासले जनाएको छ ।


ADVERTISEMENT

# # #


यसअघि उनले आजै बिहान पशुपतिमा गएर पूजाआजा गरेका थिए ।

उनी बुधबार नेपाल भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका थिए। काठमाडौंमा बुधबारबाट सुरु भएको संयुक्त आयोगको बैठक बिहीबार सम्पन्न हुँदैछ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय समकक्षी जयशंकरले बैठकको अध्यक्षता गरेका छन् । बैठकमा द्वीपक्षीय सम्बन्धनका साथै आर्थिक, व्यापार तथा पारवहन, उर्जा, जल, शिक्षा लगायतका क्षेत्रमा सहकार्यबारे छलफल भइरहेको छ ।

जयशंकर आजै बैठक सकेर स्वदेश फर्किँदैछन् ।