काठमाडौं – आयोजक नेपाल एभीसी सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको समूह चरणबाटै बाहिरिएको छ । बुधबार भएको दोस्रो खेलमा माल्दिभ्ससँग पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।


ADVERTISEMENT


ललितपुरको लगनखेलस्थित आर्मीको कभर्डहलमा भएको तेस्रो दिनको दोस्रो खेलमा घरेलु टोली नेपाल माल्दिभ्ससँग सोझो सेटमा पराजित भएको हो ।


ADVERTISEMENT

# # #


माल्दिभ्स भने नेपाललाई हराउँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । पहिलो सेटमा २५-२२ को जित माल्दिभ्सले दोस्रो सेटमा २५-२१ को रोमाञ्चक जित निकाल्न सफल भएको थियो ।

निकै नै उत्कृष्ट खेल पस्केको माल्दिभ्सले तेस्रो सेटमा २५–१४ को जित निकालेको हो ।

समूह ए मा रहेको नेपाल पहिलो खेलमा किर्गिस्तानसँग पराजित भएको थियो ।