काठमाडौँ – मेष बहादुर बस्नेतको गीत ‘ढुकढुकीमा तिमी छौ र पो माया’ को छायाङ्कन भएको छ ।


ADVERTISEMENT


मेष बहादुर बस्नेतको शब्द तथा रुवरुप राज आचार्य र मेलिना राईको स्वर रहेको उक्त गीतमा आरपी लामिछाने (रामु दाई)ले संगीत भरेका छन् । म्यूजिक भिडियोलाई यादव कुमार भट्टराईले निर्देशन गरेका हुन् ।


ADVERTISEMENT

# # #


भिडियोमा केकी अधिकारी, रिजन थापा र मेष बहादुर बस्नेतको अभिनय रहेको छ । भिडियोलाई मदन काश्यप घिमिरेले छायाङ्कन गरेका छन् ।

लजिक मिडिया र मिडिया फर कल्चरको उत्पादनमा बनेको उक्त गीतलाई धुलिखेलको होटेल सारथीलगायतका ठाउँमा छायाङ्कन गरिएको निर्माण पक्षले जनाएको छ ।