काठमाडौँ – नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले अविरल वर्षासंगै आएको बाढीले प्रभावित तथा क्षति पुगेका आफ्ना ग्राहकलाई राहत वितरण गरेको छ ।


ADVERTISEMENT


संस्थाको प्रदेश नं १ र २ अन्तर्गत शाखा कार्यालयहरु सिम्रौनगढ, सपही, सन्तपुर, हरिपुर, गोडैता, हरीपुर्वा, रामगोपालपुर, जलेश्वर, बिन्धी, मधुपट्टि र कटहरीगरि ११ शाखा कार्यालयका १२०० जना घरपरिवारलाई २५लाख बराबरको राहत वितरण गरिएको हो ।


ADVERTISEMENT

# # #


जनही १ बोरा चामल, दाल २ किलो, खानेतेल १ लि, नुन १ किलो, नुहाउने साबुन १ वटा, कपडा धुने साबुन १ वटा, भुजा १किलो, दालमोठ १ प्याकेटका दरले वितरण गरिएको थियो ।

राहतवितरण कार्यक्रम प्रदेश र स्थानीय स्तरका जनप्रतिनिधि, समाजसेवी, राजनीतिकर्मी, सुरक्षानिकायको रोहवरमा राहत वितरण गरिएको जनाइएको छ ।