काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उपाध्यक्षमा बामदेव गौतम चयन भएका छन् ।


ADVERTISEMENT


नेकपा केन्द्रीय सचिवालयको शुक्रवार बसेको बैठकले बामदेवलाई उपाध्यक्ष चयन गरी अनुमोदनका लागि स्थायी कमिटीमा पठाउने निर्णय गरिएको छ । वामदेव गौतमलाई उपाध्यक्ष बनाउने निर्णय नेकपाको स्थायी समितिले पारित गर्नु पर्नेछ।


ADVERTISEMENT

# # #


आजै बसेको सचिवालय बैठकले नेकपाका ३३ विभागको नेतृत्व टुंगो लगाएको छ। ३३ मध्ये १९ विभागमा पूर्वएमालेका नेताहरू र १४ मा पूर्वमाओवादी केन्द्रका नेताहरूले जिम्मेवारी पाएका छन्।

नेकपाको स्कुल विभागमा ईश्वर पोखरेल, संगठन विभागमा वामदेव गौतम, प्रचार विभाग प्रमुखमा नारायणकाजी श्रेष्ठलाई चयन गरिएको छ ।

माधव नेपालले भने विदेश विभाग प्रमुखको नेतृत्व सम्हाल्नेछन् । अर्थ विभाग प्रमुखमा सुरेन्द्र पाण्डे चयन भएका छन् भने योगेश कुमार भट्टराई पर्यटन विभाग प्रमुखमा छनोट भएका छन् ।