काठमाडौं – गाईजात्रा पर्वको अवसरमा आयोजित कार्यक्रममा ख्यातिप्राप्त हाँस्य कलाकारहरुले देशको पछिल्लो घटना र सन्दर्भलाई लिएर झटोरो हानेका छन् । रिपोर्टर्स क्लब नेपालमा ३१ साउनमा गाइजात्रा विशेष साक्षात्कारमा सहभागी भई उनीहरुले नेतादेखि कर्मचारीसम्मलाई व्यङ्ग्यमार्फत् झटारो हानेका छन् ।


ADVERTISEMENT


हास्यकलाकारहरुले नेताका व्यवहार, शैली र प्रवृतिलाई आफ्नो व्यङग्यका निसाना बनाएका छन । देशमा ब्याप्त भ्रष्टाचार, बलात्कार,ठगी र समाजिक संजालमामाथीका विसंगतीहरुलाई समेट्दै नेताहरुकै आवाजमा व्यङ्ग्य प्रस्तुत गरे । सरकारको नेतृत्व गरिहेका नेताहरु लक्षित गरेर गइजात्रा विशेष व्यङ्ग्य प्रस्तुत गरेका हुन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा हाँस्यकलाकार श्रीकृष्ण सिमखडाले समाजमा घटिरहेका विभिन्न प्रकारका घटनाको बारेमा व्यङ्ग्य गरे । देशमा गणतन्त्रको नाममा लुटतन्त्र मच्चिरहेको भन्दै उनले नेताहरुका आसेपासेहरुले देश लुटिरहेको गहिरो व्यङग्य प्रस्तुत गरे । ‘गाँउको हजारौ विघा जमिन बाँझै छोडेर नेतालाई भोट हाल्ने युवाजति सबै विदेशमा रहेका र नेताले आफ्ना सात पुस्तालाई पुग्ने सम्पती कमाउने धन्दामा रहेकाले देश विकासमा ध्यान नदिएको व्यङग्य गरे ।

प्रधानमन्त्री केपि शर्मा ओली तथा काँग्रेस सभापती शेरवहादुर देउवाको शैलीलाई बोलीमा उतार्दे उनले समय र परिवेस अनुरुप देश अगाडी नबढेको धारणा राखेका छन ।

त्यस्तै कार्यक्रममा हाँस्यकलाकार दमन रुपाखेतीले आजको दिनलाई नेताहरुको पुण्य तिथिको संज्ञा दिदै वर्तमान सरकार मुलुकको अवस्था प्रति संवेदनशिल नभएको आरोप लगाएका छन् । अहिले हरेक घरमा नेता, पत्रकार,बलत्कारीहरु व्याप्तहुँदै गएको भन्दै उनले उखान टुक्काले मात्र देशमा रहेका विसंगतिको अन्य नहुने धारणा राखे ।

उनले भने, ‘वर्तमान सरकार जनताका जनजीविकाप्रति संवेदनशील छैन हत्याहिँसा बलात्कारका घटना दिनानु दिन बढीरहेका छन। गणतन्त्रको नामा जनता करको मारमा छन, करले जनतालाई थिचिरहेको छ ।’ देशले बुढो तथा रोगी प्रधानमन्त्री पाएको भन्दै उनले रगत सुकेको तथा नसाले काम नगर्ने प्रधानमन्त्रीको अवस्ताजस्तै देशको पनि अवस्ता रहेको धारणा राखे ।

युवालाई देशको बागडोर दिनुपर्ने जनाउदै उनले युवामा जस्तो भिजन तथा आत्म विश्वास रोगी तथा वृद्व नेताहरुमा नरहेको अभिव्यत्ति राखे ।युवा नेतृत्वलाई देशको प्रमुखको जिम्मेवारी दिनुपर्ने उनको धारणा रहे को छ ।

त्यस्तै कार्यत्रममा बोल्दै अर्का कलाकार जोगेन्दर पानवालाले विकसित तथा विकासोन्मुख देशमा राजनैतिक व्यङ्ग्य नहुने जनाउदै हाम्रो देशमा पनि राजनितीमाथीको व्यङ्ग्यको अन्त्य हुुनुपर्ने दिनको पर्खाईमा जनता रहेको बताए ।

दुई तिहाईको शक्ति रहेको सरकारले विकासका काममा ध्यान दिन आवश्यक रहेको बताउदै उनले देशमा व्याप्त भ्रष्ट्राचार, विषाधि युक्त भान्सा,जनतामाथी सरकारको हैकम, करको दायर बढाउदा जनताको दैनिकीमाथी प्रभाव, लुटेरा भ्रष्टलाई दिने तक्मा तथा सम्मान र नेताको विकास सम्बन्धी योजनाहरुका बारेमा व्यङ्ग्य प्रस्तुत गरे ।

त्यस्तै कार्यक्रममा बोल्दै कलाकार राजाराम पौडेलले पछिल्लो समय राजतन्त्र फर्कने हल्ला चलिरहदा नेताको व्यवहारबाट वाक्क भएका र राजाले देश बेच्न नसक्ने जनाए ।‘राजाले बरु अंगुरको वाइन खालान तर होली वाईन खादैनन् ।’ उनले भने ‘ऋषि जीले नेपाली कागज ल्याउनु भएको भए म हस्ताक्षर गरेर दिन सक्छु राजाले देश बेचेको ईतिहास छैन ।’

अहिलेको संघीयताले पनि देशलाई कंगाल बनाउदै लगेको उनको आरोप रहेको छ । जनताले सोचे जस्तो देशमा परिवर्तन नआएको भन्दै उनले अहिलेका प्रदेश सांसद तथा माननियहरुले करोडौका गाडीको खरिद प्रक्रियाले राजा भन्दा पनि माथीको शैलि देखाई रहेको धारणा राखे ।अहिलेका नेताहरुले कानुन हेरेर नभई अनुहार हेरेर न्याय दिने खेल भईरहेको पनि सुनाए ।

त्यस्तै कार्यक्रममा बोल्दै डा. घनश्याम खतिवडाले देशमा व्याप्त समस्याको बारेमा भित्र सम्मै समस्या रहेको जनाउदै हरेक क्षेत्रमा भ्रष्ट्राचार अनियमियताले प्रसय पाएको जनाए ।

स्कुलदेखि विश्व विद्यालयसम्मै समस्याले पीडित रहेको जनाउदै उनले सबै पक्षलाई सफल बनाउन अहिलेका नेताको क्षमता नरहेको पनि प्रष्ट पारे ।