काठमाडौं – पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ प्रहरीले बिहीबार साँभद काठमाडौंबाट पक्राउ गरेको छ । उनीहरुलाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको हो ।


ADVERTISEMENT


साथै अर्की आरोपी महिला अस्मिता काकीलाई पनि प्रहरीले दिउसो नै पक्राउ गरेको महानगरी प्रहरी परीसर टेकुले जनाएको छ।
उनीहरुलाई टेलिभिजन पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्याका लागि दुरुत्सहान गरेको आरोपमा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


केही दिन अघि चितवनको एक होटलमा झुण्डिएर आत्महत्या गरेका पुडासैनीले आफ्नो भिडियो सन्देशमा न्युज २४ टेलिभिजनका पत्रकार द्वय लामिछनेर र कँडेलले आफूहरूलाई यातना दिई आत्महत्या गर्न वाध्य पारेको भिडियो सार्वजनिक भए पछि सो बारेमा चितवन प्रहरीले अनुसन्धान गरी रहेको छ ।

यही क्रममा चितवन प्रहरीको एउटा टोली काठमाडौ आएको थियो । उनीहरूको बीर अस्पतालमा स्वास्थ्य परीक्षण गरी आजै चितवन लग्ने तयारी भएको प्रहरीले जनाएको छ ।