काठमाडौँ – संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को अवस्थाबारे अध्ययन गर्न एक कमिटी बनाएएका छन् ।


ADVERTISEMENT


मन्त्री भट्टराईले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएका हुन् । मन्त्रीस्तरीय निर्णयबाट गठन भएको कार्यदलको संयोजक पूर्वसचिव सुशिल घिमिरे रहेका छन् । कार्यदलका अन्य सदस्यहरुमा लेखा विज्ञका रुपमा प्रमोद कर्ण, व्यवस्थापन विज्ञ डिम प्रकाश पौडेल र क्याप्टेन सुधीर शम्शेर राई रहेका छन् ।


ADVERTISEMENT

# # #


उनले कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको बताए । ‘के–के कमजोरी भएका छन् १ महिनाभित्र प्रतिबेदन बुझाउन निर्देशन दिएको छु,’ उनले भने, ‘निगमका पदाधिकारीलाई ग्राउन्डेड भएका विमान सञ्चालन गर्न पनि निर्देशन दिएको छु । मैले उहाँहरुलाई स्पष्ट रुपमा भनेको छु, अब लर्याङलुरुङ गरेर यताउता गरेर चल्दैन भनेर निर्देशन दिएको छु ।’

मन्त्री भट्टराइले नेपाल वायुसेवा निगमलाई लागेको प्रतिबन्ध हटाउन पहल गर्ने प्रतिवद्धता समेत जनाए । ‘आइकाओको प्रतिबन्धबारे छिट्टै कुरा हुन्छ । अब कोरिया, जापान र चीन लगायतका देशमा बायुसेवा निगमका जहाज उढ्छन्,’ मन्त्री भट्टराइको भनाई थियो ।