काठमाडौं – विश्वकप फुटबल २०२२ को छनोटको दोस्रो चरण खेल्ने नेपाली फुटबल टिमको प्रारम्भिक टोलीको घोषणा भएको छ । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले प्रशिक्षणमा डाकिएका ३६ खेलाडीबाट प्रारम्भिक चरणमा ३१ खेलाडी छनोट गरेका हुन् ।


ADVERTISEMENT


प्रशिक्षणबाट कमल श्रेष्ठ, नितिन थापा, सेसेहाङ आङ्दाम्बे, अमित तामाङ र मिक्चेन तामाङ गरी पाँच जना खेलाडीलाई टिमबाट बाहिरिएका छन् । विश्वकप छनोटको दोस्रो चरणमा नेपाल समूह ‘बी’ मा रहेको छ । यो समूहमा नेपालसँगै कुबेत, चाइनिज ताइपे, जोर्डन र अष्ट्रेलिया रहेका छन् । नेपालले आफ्नो पहिलो खेलमा कुबेतसँग सेप्टेम्बर पाँच तारिखमा खेल्नेछ ।


ADVERTISEMENT

# # #


यस्तो छ प्रारम्भिक टिमः

विराज महर्जन, किरण चेम्जोङ, विकेश कुथु, विक्रम लामा, सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ, विशाल राई, अञ्जन विष्ट, रञ्जित धिमाल, सन्तोष तामाङ, विमल राना, एलन न्यौपाने, अजित भण्डारी, अविषेक रिजाल, रवि सिलवाल, सरोज दाहाल, तेज तामाङ, सुमन अर्याल, देवेन्द्र तामाङ, रवि पासवान, अनन्त तामाङ, सुनिल बल, सुवास गुरुङ, दिनेश राजवंशी, हेमन गुरुङ, विशाल श्रेष्ठ, विमल पाण्डे, त्रिदेव गुरुङ, भरत खवास, विमल घर्तिमगर, रोहित चन्द ।