काठमाडौँ – राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारलाई भ्रमको खेती नगर्न चेतावनी दिएका छन् । सरकारले आफ्नो मानहानी गरेको भन्दै उनले माफी माग्न माग गरे ।


ADVERTISEMENT


बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले झुठो विवरण पेश गरी नागरिकता बनाएको भन्दै पाँच जनाको नेपाली नागरिकता रद्द गर्ने निर्णय गरेको थियो । जसमा एक राजेन्द्र महतो नामका व्यक्ति पनि थिए । उक्त नामलाई आफ्नो नामसंग जोडेर भ्रम फैलाइएको भन्दै नेता महताले आपत्ति जनाए । संवेदनशील विषयमा निर्णय सार्वजनिक गर्दा सरकारले पूरा सूचना नदिएको भन्दै उनले भने, ‘कुन राजेन्द्र महतो हो ? राजेन्द्र महतो नाम गरेको व्यक्ति त हजारौं छ ।’


ADVERTISEMENT

# # #


नागरिकता खारेज भएका व्यक्तिको पूर्ण विवरण सार्वजनिक नगरी सरकारले आफ्नो नागरिकता खारेज भएको भनी भ्रमको खेती गर्न खोजेको भन्दै उनले सरकारको नियतमाथि प्रश्न उठाए । सांसद महतोले यदि कृष्णबहादुर महरा महाडकैत भएको र उनलाई आजीवन कारावास सजाय मात्र भनियो भने के हुन्छ भन्ने प्रश्न गरे ।

यो घटनामा आफ्नो मानहानी भएको भन्दै माफी माग्न सरकारसँग माग गरे । उनले भने, ‘सरकारले माफी माग्नुपर्छ । यसरी भ्रम फैलाउने काम गर्नु हुँदैन ।’ सञ्चार माध्यमले पनि यसमा ध्यान नदिएको भन्दै आपत्ति जनाए ।