काठमाडौँ – संविधान अनुसार अधिकार नदिएको भन्दै प्रदेश २ सरकारले संघीय सरकारविरुद्ध सवर्पोच्च अदालतमा मुद्दा दर्ता गराएको छ । प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले बिहीबार सर्वोच्चमा मुद्दा दायर भएको हो ।


ADVERTISEMENT


महोत्तरी, सर्लाही र रौतहट जिल्लामा पर्ने १३ हजार १३२ हेक्टरमा फैलिएको सागरनाथ वन परियोजनालाई वन निगम बनाएर कम्पनी ऐनअनुसार चलाउने मन्त्रिपरिषद्को निर्णयविरूद्ध अन्तरिम आदेश माग्दै मन्त्रालयले मुद्दा हालेको हो ।


ADVERTISEMENT

# # #


प्रदेशभित्रको वनलाई कम्पनीमा रुपान्तरण गरी संघीय सरकारले आफ्नो मातहत ल्याउन खोजेकाले रिट दायर गरिएको प्रदेश २ मुख्यन्यायाधीवक्ता दीपेन्द्र झाले बताए । उनले प्रदेशको अधिकारलाई संघीय सरकारले हड्पन खोजेको आरोप लगाए ।

मन्त्रिपरिषद्ले गत जेठ २३ गते सागरनाथलगायत प्रदेश १ र ५ मा रहेका तीन वन परियोजनालाई संघमार्फत् राखेर चलाउने निर्णय गरेको थियो । शुक्रबार हुने सुनुवाईमा प्रदेश सरकारको तर्फबाट प्रमुख न्यायाधिवक्ता दीपेन्द्र झाले बहस गर्ने छन्।