काठमाडौं– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा राष्ट्रिय सहकारी महासंघ र राष्ट्रिय सहकारी बैंकले १० लाख १ हजार १ सय रुपैंया जम्मा गरेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई राहात रकमको चेक महासंघका अध्यक्ष केशव वडाल र बैंकका अध्यक्ष केबी उप्रेतीले हस्तान्तरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


चेक बुझेपछि प्रधानमन्त्री ओलीले विपत्तिमा परेकाहरुलाई उद्धार र पुनर्स्थापनाका लागि सहकारीकर्मीहरुले सहयोग गरेकोमा धन्यवाद व्यक्त गरेका छन् । अध्यक्ष वडालले विभिन्न सहकारी संस्था र सहकारीकर्मीहरुबाट रकम संकल गरेर विपत्तिमा परेकाहरुलाई सहयोग गरिएको बताएका छन् ।