काठमाडौँ – सर्वदलीय बैठकमा सहमति हुन नसक्दा संसद बैठक स्थगित भएको छ । संसद सूचारु गर्न दलहरुबीच छलफल जारी रहेको भन्दै सूचना टाँसगरी प्रतिनिधिसभा बैठक स्थगित गरिएको हो ।


ADVERTISEMENT


कार्यतालिका अनुसार संसद बैठक बिहीबार दिउँसो २ बजेका लागि बोलाइएको थियो । त्यसभन्दा अघि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाद्वारा जारी संसद अवरोध हटाउनका लागि सभामुख कृष्णबहादुर महराले सर्वदीय बैठक बोलाएका थिए । तर, बैठकमा कुरा मिल्न सकेन ।


ADVERTISEMENT

# # #


बैठकमा सत्तापक्षबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, उपप्रधानमन्त्री उपेन्द्र यादव, समाजवादी पार्टीका अध्यक्ष डा। बाबुराम भट्टराई, मुख्य सचेतक देव गुरूङलगायत सहभागी थिए ।

प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका उपनेता विजय गच्छदार, मुख्य सचेतक बालकृष्ण खाँड, नेताहरू मिनेन्द्र रिजाल लगायत सहभागी छन्। प्रतिपक्षी राजपा अध्यक्ष मण्डलका राजकिशोर यादव, महन्त ठाकुर, लक्ष्मणलाल कर्ण लगायत सर्वदीय बैठकमा उपस्थित रहेका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक साउन २० अर्थात आगामी सोमबार बिहान ११ बजे बस्नेछ ।

विप्लव सम्वद्ध माओवादी नेता कुमार पौडेलको सर्लाही मृत्यु घटनाको अनुसन्धान गर्न संसदीय समिति गठन गर्ने कि नगर्ने भन्ने दलीय अडानले तीन सातादेखि संसद अवरोध छ।

विपक्षी कांग्रेस संसदीय समितिको अडानमा छ भने सत्तासीन नेकपा स्थानीय स्तरबाटै उक्त घटना सहमतिमा पुगिसकेको र संसदीय समितिले छानविन गरिरहेको भन्दै संसदीय समिति गठनको विपक्षमा छ।