काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले संविधान संशोधनका बिषयमा काँग्रेस अलमलिएको आरोप लगाएका छन् ।


ADVERTISEMENT


संसोधनको बिषयमा ‘नेपाली कांग्रेसको नियत प्रष्ट हुन नसकेको भन्दै हिमालय पोष्टसंगको कुराकानीमा उनले सत्तारुढ दलहरुलाई निकासको बाधक बनिरहेको आरोप समेत लगाएका छन् ।


ADVERTISEMENT

# # #


 

संविधान संशोधनबिना याथास्थितिमा निर्वाचनमा जान नसकिने बताउँदै उनले ललिपप देखाएको भरमा राजना नभुल्लिने समेत बताएका छन् ।

‘साउन २२ गते देखि बस्ने केन्द्रीय कमिटिको बैठकले आगामी कार्यनीति तय गर्ने जानकारी गराउँदै उनले माग संबोधन नभए बिगतको भन्दा पनि कडा आन्दोलनमा उत्रने सँकेत गरेका छन् ।