काठमाडौं । आमरण अनसनमा बसेका डा. गोविन्द केसीको समर्थनमा राजधानीमा प्रदर्शन भएको छ । बिबेकशिल साझा पार्टीको नेतृत्वमा भएको प्रदर्शनमा डा. केसीको माग सम्बोधन गर्दै उनको ज्यान जोगाउन चर्को दबाब दिईएको छ ।


ADVERTISEMENT


माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा परीणत भएको थियो । प्रदर्शनमा सहभागीहरुले ‘डा. केसीको अनसन, माफियालाई टेन्सन’, माफियाहरु देश घेर्दै, ६०१ ले के हेर्दै ? जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए ।


ADVERTISEMENT

# # #


चिकित्सा सुधारको माग गर्दै केसी ११ पटकको आमरण अनसनमा छन् ।