गोरखा – प्रहरीले गोरखामा पहरोमा लुकाइराखेको अवस्थामा राखिएको १६ किलोग्राम सुन बरामद गरेको छ । धार्चे गाउँपालिका हुल्चुक ओढारमा ढुंगामुनि लुकाएर राखेको उक्त सुन प्रहरी चौकी माछीखोलाबाट खटिएको टोलीले बिहीबार बिहान बरामद गरेको हो ।


ADVERTISEMENT


प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेका जनाएको छ । काठमाडौँमा पक्राउ परेका चुमनुब्री गाउँपालिकाका धनकमल गुरुङले पक्राउ गरेपछि उनले नै पहरोमा लुकाइराखेको सुन देखाएका थिए।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार ओढारमा ढुंगामुनि झोलाभित्र हाते रुमालले बेरिएको, त्यसभित्र दुई वटा प्लास्टिकले ढाकिएको र त्यसभित्र बोरामा सुन राखिएको थियो । सुन दुईवटा झोलामा थियो ।

प्रहरीले यसबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।