काठमाडौँ – एनआईसी एशिया बैंक र होटल पोखरा ग्राण्डी, पार्दी विरौटा, पोखराबीच सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका सम्पूर्ण ग्राहकले होटल पोखरा ग्राण्डीका विभिन्न सेवा सुविधाहरुमा ३० प्रतिशत सम्मको छुट प्रदान गर्नेछन्


ADVERTISEMENT


उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्मा र होटल पोखरा ग्राण्डीको तर्फबाट होटलका प्रबन्ध निर्देशक रोशन खवासले हस्ताक्षर गरे ।


ADVERTISEMENT

# # #


यस्तै एनआईसी एशिया बैंक र टीका रिसोर्ट हल्लनचोक लेकसाइड पोखराबीच बैंकका सम्पूर्ण ग्राहकवर्गलाई टीका रिसोर्टमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट गण्डकी प्रादेशिक कार्यालयका प्रमुख दिपेन्द्र शर्मा र टीका रिसोर्टको तर्फबाट रिसोर्टका अध्यक्ष टीका पौडेले हस्ताक्षर गरे ।

यसबाट पर्यटकीय शहर पोखरा भ्रमणका क्रममा समेत एनआइसी एशियाका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले मुलुकभर २९२ शाखा कार्यालयहरु, ३०२ एटिएम, ५१ वटा एक्सटेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।