काठमाडौ। अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुका लागि दुई दिवसीय चाइनिज तथा फ्रेन्च भाषा विषयक अनुशिक्षण कार्यक्रम गरिएको हो।
यस कार्यक्रमा कार्यालय प्रमुख प्रहरी वरिष्‍ठ उपरीक्षक सन्दिप भण्डारीको प्रमुख आतिथ्यमा यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षार्थ खटिएका विमानस्थल प्रहरी, केन्द्रीय प्रहरी विशेष कार्यदल, डग शाखा, ट्राफिक प्रहरी, पर्यटक प्रहरी लगायतका प्रहरी कर्मचारीहरुलाई यस त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलको युनियन हलमा अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुका लागि दुई दिवसीय चाइनिज तथा फ्रेन्च भाषा” विषयक अनुशिक्षण कार्यक्रम तालिम को समुद्‍घाटन गरी उक्त अनुशिक्षण कार्यक्रम संचालन भएको ।


ADVERTISEMENT


साथै, प्रहरी कर्मचारीहरुमा चाइनिज तथा फ्रेन्च भाषाको ज्ञान भई यात्रुहरुलाई परेको समस्यालाई सजिलै समाधान गरी सेवाग्राही यात्रु हरुलाई सभ्य, शिष्‍ट र नम्र व्यवहार गरी यात्रु सेवा मैत्री बनाई स्मार्ट प्रहरीको रुपमा कार्य गरी आम जनसमुदाय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतमा प्रहरीको छवि उच्च राख्ने तथा “भ्रमण वर्ष २०२०’ लाई समेत प्रवर्द्वन गर्ने हेतुले दुई दिनसम्म संचालन रहने उक्त कार्यक्रममा नेनाउप्रा सेवा चाइनिज विभागका विष्णु कुमार थापा, चाइनिज नेपाली ट्रेडिसनल चाइनिज मेडिसिन हस्पिटलका डा प्रज्वल सापकोटा र सृजना रिमाल, सुरक्षा सेवा फ्रेन्च भाषा निर्देशनालयका प्रनानि प्रकाश शाक्य र त्रिअवि स्थित पर्यटक प्रहरीका प्रनानि चित्रकला थापाद्वारा प्रशिक्षण प्रदान गरिँदा आज जम्मा १८० जना प्रहरी कर्मचारीहरु लाभान्वीत भएका छन। ।


ADVERTISEMENT

# # #