काठमाडौँ – सिंगापुरमा आजदेखि सुरु भएको टी २० विश्वकपको एशिया छनोटमा आयोजक सिंगापुर र मलेसियाले विजयी सुरुवात गरेका छन् ।


ADVERTISEMENT


सिंगापुरको इण्डियन क्रिकेट मैदानमा पहिलो खेलमा आयोजक सिंगापुरले कतारलाई ३३ रनले पराजित गर्यो । टस जितेर पहिलो ब्याटिङ थालेको सिंगापुरले निधौरित २० ओभरमा ७ विकेट गुमाउँदै १८६ रन बनायो । १८७ रनको चुनौति पच्छ्याउँदै मैदान उत्रिएको कतारले २० ओभरमा ९ विकेटको क्षतीमा १५३ रनमा जोड्न सक्यो ।


ADVERTISEMENT

# # #


कतारका लागि मोहम्मद रिजलानले नटआउट ३३ रन हाने । यस्तै तमूर सज्जाद ३४, फैसल जाभेद २९ र मोहम्मद तानविरले २६ र इनमाम उल हकले ११ रन जोडे । सिंगापुरका लागि जनक प्रकाश र अजदाद महबुवले समान ३ विकेट लिए । अन्य तीन जनाका नाममा समान १-१ विकेट रह्यो ।

यसअघि सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले ४७, टिम डेभिड ३८, मनप्रित सिंह ३४, रोहन रंगराजनले ३२ रन बनाए । अनिस पाराम १० रन जाडेर पेवेलियन फर्किए । कतारका लागि इक्वाल हुसेनले ४ विकेट चट्काए । यस्तै नौमन सरवारले २ तथा तमूर सज्जादले १ विकेट लिए ।

मलेसिया ४२ रनले विजयी

सोमबार भएको दोस्रो खेलमा मलेसियाले कुवेतलाई ४२ रनले हराएको छ । टस जितेर ब्याटिङ थालेको मलेसियाले १६२ रन बनायो । १६३ रनको चैनौति पच्छ्याएको कुवेत १८ ओभरमा सबै विकेट गुमाउँदै १२० रनमै समेटियो । कुवेतका लागि कप्तान मोहम्म्द कैफले ५१ रन हाने । प्रतियोगिताको पहिलो अर्धशतक बनाएका उनले ४६ बलमा ३ चौका र २ छक्का प्रहार गरे । यस्तै यस्मान वाहिद १६ र अद्नान इद्रिसले १२ रन बनाउनु बाहेक खन्यले दोहोरो अंक छुन सकेनन् ।

मलेसियाका मोहम्मद साहदादले ३ र फित्रि साम, पवनदीप सिंह र सेयद अजाजले समान २-२ विकेट लिए ।

अयसअघि मलेसियाका लागि सफिक सरिफ ३८, सेयद अजिज ३४, अमिनुद्दिन राम्ली ३३, भिरन्दीप सिंह १७ र अहमेद फेजले १५ रन बनाए । कुवेतका लागि मोअम्म्द असानले २ विकेट लिए भने अन्य ४ जना बलरले १-१ विकेट बाँडे ।

५ टिम सहभागी प्रतियोगितामा नेपालले भने आफ्नो पहिलो खेल मंगलबार कतारविरुद्ध खेल्दैछ । प्रतियोगिताको विजेता टोली अक्टोबरमा हुने ग्लोबल छनोटकोका लागि छानिनेछ ।